औद्योगिक क्षेत्रमा दिनको १२ घण्टा लोडसेडिङ

औद्योगिक क्षेत्रमा दिनको १२ घण्टा लोडसेडिङ

भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि मुलुकका औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ । पछिल्लो समय वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा नेपाल विद्युत् प्राधिकरणले १२ घण्टासम्म बिजुली कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् । यसले उद्योगको उत्पादनसमेत ५० प्रतिशतसम्म कटौती गर्नुपरेको उनीहरूको गुनासो छ ।

तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । 

प्रतियोगिता अन्तर्गत उपाधि दाबेदार विभागीय टोली नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीच खेल हुनेछ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहान ९ बजे पुलिस र बाग्मती आमनेसामने हुनेछन् ।

प्रतियोगितामा अपराजित पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । लगातार छैटौं खेलमा जित हात पार्दै पुलिस क्लब फाइनलतर्फ अग्रसर देखिएको छ ।

पुलिस आफ्नो जितको यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । पुलिस दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रनेछ भने पृथु बास्कोटाले बाग्मतीको नेतृत्व सम्हाल्नेछन् ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्यको बाहुल्यता रहेको पुलिसलाई हराउन बाग्मतीले संषर्घ गर्नुपर्ने देखिन्छ । पुसिललाई अलराउण्डर ऐरीसँगै, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुल्सन झा, बलिङमा स्पीनर ललित राजवंशी र सागर ढकालको साथ छ ।

 
 
 

ललितले बलिङमा राम्रो प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको बाग्मतीको मनोबल उच्च छ । बलियो टोली पुलिसविरुद्धको खेलमा बाग्मती सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।

बाग्मतीका इसान पाण्डे, रिजन ढकाल र शुभ कंसाकारले पछिल्लो खेलमा गरेको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । यसअघिका पाँचमध्ये दुईमा जित र तीन खेलमा हार व्यहोरेको बाग्मतीको चार अंक छ । बाग्मती अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

 
 

प्रतियोगिता अन्तर्गत अर्को खेलमा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी र कर्णालीबीचको प्रतिस्पर्धा बिहान ९ बजे सुरु हुनेछ । लुम्बिनी देव खनालको कप्तानीमा मैदना उत्रँदा कर्णालीको नेतृत्व दिवान पुनले गर्नेछन् ।

लुम्बिनीले ६ खेलमा चार जित हासिल गरेको छ । ऊ ६ खेलबाट ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली भने पाँच खेलबाट चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।