काठमाडौं–१ मा रञ्जु दर्शना १५ हजार ४५५ मत सहित विजयी
२२ फाल्गुन २०८२, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) उम्मेदवार रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन्। यससँगै (रास्वपा)ले काठमाडौँ १ बाट खाता खोलेको छ ।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार, नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन् ।

