किसानलाई अब बिनाधितो २ लाखसम्म ऋण

कार्यक्रममा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटन क्षेत्रका ७ उद्यमीले आफ्नो व्यावसायिक योजना लगानीकर्तासमक्ष प्रस्तुत गरेका थिए ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कार्यक्रमको उद्घाटन गर्दै लगानीबिना उद्यमको विकास सम्भव नहुने बताउँदै प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको जिकिर गरे ।
आध्यन्तका सह–संस्थापक तथा निर्देशक मनोज पौडेलले कम्पनीले कोशी प्रदेशका विभिन्न व्यवसायमा हालसम्म लगभग ८२ करोड रुपैयाँ लगानी गरिसकेको र यस क्षेत्रमा अझै ठूलो अवसर देखिरहेको बताए ।
प्रतियोगिता अन्तर्गत उपाधि दाबेदार विभागीय टोली नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीच खेल हुनेछ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहान ९ बजे पुलिस र बाग्मती आमनेसामने हुनेछन् ।
प्रतियोगितामा अपराजित पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । लगातार छैटौं खेलमा जित हात पार्दै पुलिस क्लब फाइनलतर्फ अग्रसर देखिएको छ ।
पुलिस आफ्नो जितको यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । पुलिस दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रनेछ भने पृथु बास्कोटाले बाग्मतीको नेतृत्व सम्हाल्नेछन् ।
राष्ट्रिय क्रिकेट टोलीका सदस्यको बाहुल्यता रहेको पुलिसलाई हराउन बाग्मतीले संषर्घ गर्नुपर्ने देखिन्छ । पुसिललाई अलराउण्डर ऐरीसँगै, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुल्सन झा, बलिङमा स्पीनर ललित राजवंशी र सागर ढकालको साथ छ ।
ललितले बलिङमा राम्रो प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको बाग्मतीको मनोबल उच्च छ । बलियो टोली पुलिसविरुद्धको खेलमा बाग्मती सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।
बाग्मतीका इसान पाण्डे, रिजन ढकाल र शुभ कंसाकारले पछिल्लो खेलमा गरेको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । यसअघिका पाँचमध्ये दुईमा जित र तीन खेलमा हार व्यहोरेको बाग्मतीको चार अंक छ । बाग्मती अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत अर्को खेलमा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी र कर्णालीबीचको प्रतिस्पर्धा बिहान ९ बजे सुरु हुनेछ । लुम्बिनी देव खनालको कप्तानीमा मैदना उत्रँदा कर्णालीको नेतृत्व दिवान पुनले गर्नेछन् ।
लुम्बिनीले ६ खेलमा चार जित हासिल गरेको छ । ऊ ६ खेलबाट ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली भने पाँच खेलबाट चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।