झापा–५ :ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै बालेन अगाडि
२२ फाल्गुन २०८२,
झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत सहित अग्रस्थानमा देखिएका छन् ।
उनका मुख्य प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९० मत ल्याएका छन्। मतगणना जारी छ र अन्तिम परिणाम भने आउन बाँकी छ।

