नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान, नेपालीको वार्षिक आम्दानी १५१७ डलर

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१.८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । कार्यालयले बुधबार .एक कार्यक्रमको आयोजना गर्दै यस्तो अनुमान गरेको हो ।
चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो वर्ष प्रतिव्यक्ति आय जम्मा ५० डलर बढ्नेछ ।
गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो । गत वर्ष प्रतिव्यक्ति आय ५७ डलर बढेको थियो ।
t