प्रधानमन्त्री कप किक्रेट : मधेशले आर्मीलाई ३ विकेटले हरायो

दाङ — लगातार ३ खेलमा हार बेहोरेको मधेश प्रदेशले नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध ३ विकेटको सानदार जित हासिल गरेको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले दिएको २ सय १८ रनको विजयी लक्ष्य मधेश प्रदेशले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार त्रिभुवन आर्मी क्लबले दिएको लक्ष्य पछ्याएको मधेश प्रदेशले लगातारको हारको श्रृंखला रोक्दै विभागीय टिम आर्मीविरुद्ध जित निकालेको हो ।
मधेश प्रदेशले परिपक्व ब्याटिङ गर्दै आर्मीविरुद्ध जित निकालेको हो । मधेश प्रदेशका निखिल सिंह र रुपेश सिंहले आर्मीविरुद्ध ३९ बलमा ५० रनको साझेदारी गर्दै हारको श्रृंखला अन्त्य गरे । १ सय ६९ रनमा ७ विकेट गुमाएको अवस्थामा रहेको मधेशका लागि निखिलले २६ बलमा १ चौकासहित १४ रनमा अविजित रहादा रुपेश सिंहले २० बलको सामना गर्दै अविजित ३८ रन बनाए । उनले २ छक्का र २ चौकाको मद्दतमा ३८ रन जोड्दा मधेशले आर्मीविरुद्ध जित निकाल्यो ।
यसैगरी मधेशका लागि अनिलकुमार साहले खेलमा कप्तानी पारी खेले । तेस्रो विकेटका लागि अनिलले हरिशंकर साहसँग ७५ रनको साझेदारी गरेपछि मधेशलाई जितका लागि आधार बनेको थियो । अनिल साह ४८ बल खेल्दै ७ चौकाको मद्दतमा ४५ रन बनाएर बसिर अहमदको बलमा एलबीडब्लु आउट भए ।
हरिशंकर साह ७५ बल सामना गरेर १ छक्कासहित ३७ रन जोडेर नरेश साउदको बलमा स्टम्पिङ आउट भए । पवन सर्राफ पनि ४३ बल खेल्दै १ छक्का र ३ चौकासहित ३७ रन जोडेर नरेन साउदको बलमा साहब आलमको हातबाट क्याच आउट भए । ओपनर मयरन यादव र शैलेन्द्र हालले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरे ।
मयन यादवलाई १० रनमा र शैलेन्द्र साहलाई १५ रनमा सोमपाल कामीले आउट गरे । विशाल पटेल ६ रन र दीपेश दास १० रनमा आउट भए । आर्मीका लागि नेरन साउदले १० ओभर बलि» गर्दै ५४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा ४९ रन खर्चेर २ विकेट लिादा बसिर अहमदले पनि १० ओभरमा १ मेडनसहित ३१ रन दिएर २ विकेट लिए । प्रतियोगितामा आर्मी विरुद्ध ३८ रनसहित महत्वपूर्ण २ विकेट लिएका रुपेश सिंह प्लेयर अफ द म्याच भए ।
यसअघि, विभागीय टोली त्रिभुवन आर्मी क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा पूरै ओभर खेलेर २ सय १७ रन बनाएको थियो । त्रिभुवन आर्मीका भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । १ सय २६ बलको सामना गरेका भीम ४ चौकासहित ८९ रन बनाउादै पवन सर्राफको बलमा एलबीडब्लू आउट भए । अर्धशतक पूरा गर्न उनले ८० बल खेले ।
पहिलो पावर प्लेमा १ विकेटको क्षतिमा ३९ रन जोडेको आर्मीले दोस्रो पावर प्लेमा पुग्दा थप ३ विकेटको क्षतिमा १ सय १३ रन जोडेको थियो । अन्तिम पावर प्लेमा ६५ रन जोडेको आर्मीले ३ विकेट गुमाएको थियो । आर्मीका लागि तृतराज दासले २४ बलमा ३ चौकासहित १४ रन र सन्तोष कार्कीले ५८ बलमा ३ चौकासहित ३३ रन जोडे । कप्तान विनोद भण्डारी २७ बलमा ११ रन बनाएर कमल गुप्ताको बलमा एल्बीडब्लु आउट भए ।
सोमपाल कामी १ रनमा अनिल साहको हातबाट लङअनमा क्याच आउट भए । बसिर अहमद २२ बलमा १० रन र विवेक यादव २१ बलमा १६ रन जोडेर पेभेलियन फर्किएका थिए । कुशल मल्लले २० बलमा २ छक्कासहित २४ रनमा अविजित रहादा नरेन साउद पनि ५ बलमा १ चौकासहित ८ रनमा नटआउट रहे ।
बलिङतर्फ मधेशका रुपेश सिंहले ७ ओभरमा १ मेडनसहित ३९ रन दिएर २ विकेट लिए । कमल गुप्ताले १० ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । पवन सर्राफले पनि ५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५२ रन दिएर १ विकेट लिए ।
लमहीमा पहिलोपटक आयोजना गरिएको पिएम कप पुरुष क्रिकेट प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलिसकेको आर्मी ५ मा जित र १ मा हार हुादै १० अंकका साथ दोस्रो स्थानमा यथावत छ भने ५ खेल खेलीसकेको मधेश प्रदेश २ खेलमा जीत र ३ खेलमा लगातार हार बेहोर्दै ४ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
जारी प्रतियोगितामा यसअघि आर्मीले बागमतीलाई १ सय ३४ रन, सुदूरपश्चिमलाई ८ विकेट, कर्णालीलाई १ सय २७ रन, कोशीलाई ७ विकेट र एपीएफ क्लबलाई ३ विकेटले हराएको छ ।
यसैगरी, मधेश प्रदेशले कोशी प्रदेशविरुद्ध १ सय ६५ रनले जित्दा बाँकी ३ खेलमा हार बेहोरेको छ । मधेशले एपीएफसँग २ विकेट, पुलिस क्लबसँग १ सय ९३ रन र लुम्बिनी प्रदेशसँग ८३ रनको हार बेहोरेको छ ।
नेपाल क्रिकेट संघको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् ।
तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन् । जसमध्ये हालसम्म २८ वटा खेल भइसकेका छन् ।