सांसदले मागे प्रधानमन्त्री ओली राजीनामा, शिक्षकका माग सम्बोधन गर्न आग्रह
काठमाडौं । सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले ओलीको राजीनामा मागेका हुन् ।
उनीहरुले २८ दिनदेखि शिक्षकहरु सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।
माओवादीका सांसद महेन्द्रबहादुर शाहीले ओलीको राजीनामा मागेका हुन् । शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरु पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै उनले सरकारले उनीहरुका कुरा नसुनेको भन्दै आलोचना गरे । त्यसैले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको उनको भनाइ छ ।