पुटिनले वाचा तोडे : जेलेन्स्की

हेलसिन्की — युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वाचा तोडेको आरोप लगाएका छन् । पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा गरेको वाचा तोडेको जेलेन्स्कीको आरोप छ ।
‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्तापछि पुटिनले युक्रेनी उर्जा पूर्वाधारमा आक्रमण रोक्न आदेश दिने बताउनुभएको थियो । तर त्यही रात युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसले १ सय ५० वटा ड्रोन प्रहार गरिएको छ,’ जेलेन्स्कीले भनेका छन् ।
रुसले मंगलबार राति यातायात पूर्वाधार र अस्पतालमा पनि आक्रमण भएका जेलेन्स्कीको भनाइ छ । ‘पुटिनका शब्दहरू वास्तविकताभन्दा धेरै भिन्न छन्,’ जेलेन्स्कीले फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका छन् ।
युक्रेनले पनि आफ्नो एउटा तेल भण्डारण केन्द्रलाई निसाना बनाएको रुसी रक्षा मन्त्रालयले आरोप लगाएको छ । उक्त केन्द्रमा जानाजान आक्रमण गरिएको र युक्रेनी कदम उक्साहटपूर्ण भएको रुसले जनाएको छ ।
तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत उपाधि दाबेदार विभागीय टोली नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीच खेल हुनेछ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहान ९ बजे पुलिस र बाग्मती आमनेसामने हुनेछन् ।
प्रतियोगितामा अपराजित पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । लगातार छैटौं खेलमा जित हात पार्दै पुलिस क्लब फाइनलतर्फ अग्रसर देखिएको छ ।
पुलिस आफ्नो जितको यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । पुलिस दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रनेछ भने पृथु बास्कोटाले बाग्मतीको नेतृत्व सम्हाल्नेछन् ।
राष्ट्रिय क्रिकेट टोलीका सदस्यको बाहुल्यता रहेको पुलिसलाई हराउन बाग्मतीले संषर्घ गर्नुपर्ने देखिन्छ । पुसिललाई अलराउण्डर ऐरीसँगै, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुल्सन झा, बलिङमा स्पीनर ललित राजवंशी र सागर ढकालको साथ छ ।
ललितले बलिङमा राम्रो प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको बाग्मतीको मनोबल उच्च छ । बलियो टोली पुलिसविरुद्धको खेलमा बाग्मती सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।
बाग्मतीका इसान पाण्डे, रिजन ढकाल र शुभ कंसाकारले पछिल्लो खेलमा गरेको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । यसअघिका पाँचमध्ये दुईमा जित र तीन खेलमा हार व्यहोरेको बाग्मतीको चार अंक छ । बाग्मती अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत अर्को खेलमा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी र कर्णालीबीचको प्रतिस्पर्धा बिहान ९ बजे सुरु हुनेछ । लुम्बिनी देव खनालको कप्तानीमा मैदना उत्रँदा कर्णालीको नेतृत्व दिवान पुनले गर्नेछन् ।
लुम्बिनीले ६ खेलमा चार जित हासिल गरेको छ । ऊ ६ खेलबाट ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली भने पाँच खेलबाट चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।