रुसद्वारा युक्रेनका दुई अस्पतालमा आक्रमण

पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको केही घण्टामा सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । बीबीसीका अनुसार आक्रमणको समयमा उक्त अस्पतालमा १ सय ४७ बिरामी र २२ कर्मचारीहरू थिए ।
त्यसको केही घण्टामा रुसले क्षेत्रीय सहर क्रास्नोपिल्याको अस्पतालमा ६ ड्रोन प्रहार गरेको हो ।युक्रेनी अधिकारीका अनुसार आक्रमणका बेला अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी थिए । युक्रेनी अधिकारीहरूले आक्रमणका कारण अस्पतालमा भवनमा ठूलो क्षति पुगेको जनाएका छन् । तर मानवीय क्षति भने नभएको उनीहरूको भनाइ छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबारको टेलिफोन वार्तामा पुटिनले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएका थिए । तर उनले अमेरिकाले राखेको ३० दिने युद्धविराम भने अस्वीकार गरेका थिए ।
प्रतियोगितामा अपराजित पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । लगातार छैटौं खेलमा जित हात पार्दै पुलिस क्लब फाइनलतर्फ अग्रसर देखिएको छ ।
पुलिस आफ्नो जितको यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । पुलिस दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रनेछ भने पृथु बास्कोटाले बाग्मतीको नेतृत्व सम्हाल्नेछन् ।
राष्ट्रिय क्रिकेट टोलीका सदस्यको बाहुल्यता रहेको पुलिसलाई हराउन बाग्मतीले संषर्घ गर्नुपर्ने देखिन्छ । पुसिललाई अलराउण्डर ऐरीसँगै, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुल्सन झा, बलिङमा स्पीनर ललित राजवंशी र सागर ढकालको साथ छ ।
बाग्मतीका इसान पाण्डे, रिजन ढकाल र शुभ कंसाकारले पछिल्लो खेलमा गरेको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । यसअघिका पाँचमध्ये दुईमा जित र तीन खेलमा हार व्यहोरेको बाग्मतीको चार अंक छ । बाग्मती अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत अर्को खेलमा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी र कर्णालीबीचको प्रतिस्पर्धा बिहान ९ बजे सुरु हुनेछ । लुम्बिनी देव खनालको कप्तानीमा मैदना उत्रँदा कर्णालीको नेतृत्व दिवान पुनले गर्नेछन् ।
लुम्बिनीले ६ खेलमा चार जित हासिल गरेको छ । ऊ ६ खेलबाट ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली भने पाँच खेलबाट चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।