महायज्ञ गर्न भन्दै दलितको घरमा डोजर लगाएर उठीबास

महायज्ञ गर्न भन्दै दलितको घरमा डोजर लगाएर उठीबास

आफ्नै टोलछिमेकमा महायज्ञ लाग्ने भएपछि सिरहाको औरही–५ का दलित दीपक मलिक डोम पनि खुसी थिए । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले दीपकको घर भत्काउन आदेश दिए, तुरुन्तै गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाए । दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको छ ।

प्रतियोगितामा अपराजित पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । लगातार छैटौं खेलमा जित हात पार्दै पुलिस क्लब फाइनलतर्फ अग्रसर देखिएको छ ।

पुलिस आफ्नो जितको यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । पुलिस दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रनेछ भने पृथु बास्कोटाले बाग्मतीको नेतृत्व सम्हाल्नेछन् ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्यको बाहुल्यता रहेको पुलिसलाई हराउन बाग्मतीले संषर्घ गर्नुपर्ने देखिन्छ । पुसिललाई अलराउण्डर ऐरीसँगै, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुल्सन झा, बलिङमा स्पीनर ललित राजवंशी र सागर ढकालको साथ छ ।

 
 
 

ललितले बलिङमा राम्रो प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको बाग्मतीको मनोबल उच्च छ । बलियो टोली पुलिसविरुद्धको खेलमा बाग्मती सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।

बाग्मतीका इसान पाण्डे, रिजन ढकाल र शुभ कंसाकारले पछिल्लो खेलमा गरेको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । यसअघिका पाँचमध्ये दुईमा जित र तीन खेलमा हार व्यहोरेको बाग्मतीको चार अंक छ । बाग्मती अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

 
 

प्रतियोगिता अन्तर्गत अर्को खेलमा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी र कर्णालीबीचको प्रतिस्पर्धा बिहान ९ बजे सुरु हुनेछ । लुम्बिनी देव खनालको कप्तानीमा मैदना उत्रँदा कर्णालीको नेतृत्व दिवान पुनले गर्नेछन् ।

लुम्बिनीले ६ खेलमा चार जित हासिल गरेको छ । ऊ ६ खेलबाट ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली भने पाँच खेलबाट चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।