आईपीओ निष्काशन गर्दै पियोर इनर्जी, चैत २८ गतेदेखि आवेदन खुला

काठमाडौं । पियोर इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर जारी गर्नेछ । यसबाट कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
यसअघि, कम्पनीले स्थानीय बासिन्दाका लागि १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता सेयर निष्कासन गरिसकेको छ ।
आईपीओका लागि सर्वसाधारणले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकहरूले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर पोर्टलमार्फत आवेदन दिन सक्नेछन् ।